जो बाइडेन र शी जिनपिङबीच इण्डोनेसियामा भेट, बैठकबारे दुवै राष्ट्रपतिले के-के भने ?

डिसी नेपाल
२८ कार्तिक २०७९ १६:११
76
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच इन्डोनेसियाको बालीमा भेटवार्ता भएको छ । जी-२० शिखर सम्मेलनका लागि बाली पुगेना यी २ नेताबीच सम्मेलन सुरू हुनुभन्दा १ दिनअघि भेटवार्ता भएको हो ।

बाइडेन राष्ट्रपति भएपछि दुवै नेताले पहिलो पटक भेट गरेका हुन् । भेटपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले दुवै देशले यो सम्बन्धलाई अगाडि बढाउन आवश्यक रहेको बताए ।

जिनपिङले भने, ‘राष्ट्रपतिसँग भेट्न पाउँदा खुसी लाग्यो। अन्तिम पटक हामीले पाँच वर्षअघि डाभोसमा भेटेका थियौं। उहाँ राष्ट्रपति भएदेखि हामी अनलाइन कलमा कुरा गर्दै आएका छौं, तर आमनेसामने भेट्नु भन्दा राम्रो केहि छैन। आज हामी आमनेसामने भेट्यौं।’

‘हामीले अनुभवबाट सिकेका छौं। इतिहासको किताबभन्दा राम्रो किताब अरू छैन। इतिहासलाई ऐनाको रुपमा लिनुपर्छ । अहिले अमेरिका र चीनबीचको सम्बन्ध यस्तो अवस्थामा छ जब हामी धेरै होसियार हुनुपर्छ। दुई ठूला देशका नेताका रूपमा हामीले सही निर्णय लिनुपर्छ। हामीले द्विपक्षीय सम्बन्धको लागि सही दिशा खोज्नु पर्छ ताकि हामी हाम्रो सम्बन्धलाई अगाडि बढाउन र यसलाई सुधार गर्न सक्छौं । ”

जिनपिङले अगाडि भने, ‘विश्वले चीन र अमेरिकाको सम्बन्धलाई राम्रोसँग सम्हालिने अपेक्षा गरेको छ। हाम्रो बैठकले विश्वको ध्यान तान्यो। विश्व शान्तिका लागि हामीले अन्य सबै देशहरूसँग मिलेर काम गर्नुपर्छ। हाम्रो भेटमा दुबैजनाले रणनीतिक विषयमा आ-आफ्नो धारणा राखेका थियौं। म उहाँलाई भविष्यमा भेट्न उत्सुक छु।”

सी जिनपिङलाई भेटेपछि सुरुको टिप्पणीमा जो बाइडेनले अमेरिका र चीनबीचको “द्वन्द्व” कम गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनले जिनपिङसँग आमनेसामने बैठक बाहेक केही विकल्पहरू रहेको बताए।

बाइडेनले भने कि उनी “दुई देशबीच वार्ताको बाटो खुला राख्न प्रतिबद्ध छन्।” ताकि दुई देशले जलवायु परिवर्तन र असुरक्षा सहित “अत्यावश्यक विश्वव्यापी मुद्दाहरूमा” सँगै काम गर्न सकून्। उनले भने कि विश्वले दुई देशबाट साझेदारीको मात्र “आशा” गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *