जलेश्वरधाममा ४०औँ अनुष्ठान हुँदै

डिसी नेपाल
२८ कार्तिक २०७९ १७:२८

झापा । पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा ४०औँ वार्षिक अनुष्ठान हुने भएको छ । आगामी मङ्सिर १ गतेदेखि ब्रह्माण्ड महापुराण कथा वाचन हुने धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए । मङ्सिर ६ गते बालाचतुर्दशीको दिन सतबीज रोपण गरी पुराणको समापन गरिने उनको भनाइ छ ।

पुराणमा दैनिक कथा वाचन भक्तिमय भजन गरिँदै साँझ गङ्गा आरती गरिनेछ । यसैबीच रुद्राभिषेक, तण्डुलाचल, धनधान्याचल, दैनिक हवन, भूमिदान जस्ता कार्य गरिने धाम समितिले जनाएको छ । मङ्सिर ५ गते लक्ष्यबत्ती प्रज्वलन साँझ ६ बजेदेखि गरिने र विभिन्न क्षेत्रबाट आउने धर्मानुरागीका लागि बस्ने व्यवस्था मिलाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *