इतिहासमा आजः स्वतन्त्र प्यालेस्टाइन राज्य गठनदेखि लिग अफ नेसनको पहिलो बैठक

डिसी नेपाल
२९ कार्तिक २०७९ ६:५६
16
Shares

आज विश्व इतिहासमा विविध राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए।

दोस्रो विश्वयुद्धपछि संसारमा शान्ति कायम गर्ने उद्देश्यले स्थापना गरिएको लिग अफ नेसनको पहिलो बैठकदेखि महात्मा गान्धीका हत्याराहरुलाई आजकै दिन झुन्ड्याइएको थियो । त्यस्तै प्यालेस्टाइन स्वतन्त्रत राज्यको गठन पनि आज नै भएको थियो।

स्वतन्त्र प्यालेस्टाइन राज्य गठन

सन् १९८८ मा अल्जेरियाको राजधानी अल्जिर्यसमा प्यालेस्टाइन लिबरेस संगठन (पीएलओ) ले प्यालेस्टाइन राज्य गठन भएको घोषणा गरेको थियो । पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनको राजधानी घोषणा गरिएको थियो । अहिले राष्ट्रसंघका करिव ७० प्रतिशत सदस्यहरूले प्यालेस्टाइनलाई स्वतन्त्र देशको रुपमा मान्यता दिएका छन् ।

महात्मा गान्धीको हत्यारालाई झुन्ड्याइयो

भारतमा शान्तिका दूत भनेर चिनिने महात्मा गान्धीको हत्यारालाई सन् १९४९ को १५ अक्टोबरमा फाँसी दिइएको थियो । नाथुराम गोड्से, नारायण एप्टीसहित ८ जनालाई अम्बाला जेलमा झुन्ड्याइएको थियो । नाथुराम गोड्सेले सन् १९४८ को ३० जनवरीमा गान्धीको हत्या गरेका थिए ।

लिग अफ नेसनको पहिलो बैठक

आजकै दिन अर्थात सन् १९२० को १५ अक्टोबरमा अन्तर्राष्ट्रिय संगठन लिग अफ नेसनको महासभाको पहिलो बैठक बसेको थियो । द्वितीय विश्वयुद्धपछि सृजित समस्या समाधान गर्न तथा विश्वमा शान्ति कायम गर्ने उदेश्यले सोही वर्षको जनवरीमा लीग अफ नेसन खडा गरिएको थियो ।

सेनाद्वारा ब्राजिलका शासक सत्ताच्युत

सन् १८८९ मा ब्राजिलका तत्कालिन शासक पेड्रो द्वितीय सत्ताच्युत भएका थिए । म्यानुअल डिओडोरोले नेतृत्व गरेको सैनिक अधिकारीहरूको एउटा समूहले उनलाई सत्ताच्युत गरेको थियो ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *