तालिबान नेताले न्यायाधीशलाई भने शारिया कानुनअनुसार सजाय तोक्नू

डिसी नेपाल
२९ कार्तिक २०७९ ९:१६
88
Shares

काबुल। तालिबान नेता हैबतुल्लाह अखुन्दजादाले अफगान न्यायाधीशहरूलाई निश्चित अपराधका लागि सार्वजनिक स्थानमा झुन्डाउनेदेखि ढुंगाले हिर्काउने जस्ता सजाय तोक्न आदेश दिएका छन्। डकैती, अपहरण र देशद्रोह जस्ता अपराधहरूलाई इस्लामिक शरिया कानूनको व्याख्याअनुसार सजाय दिनुपर्ने अखुन्दजादाका प्रवक्ताले बताएका छन्।

न्यायाधीशहरूले अपराधीहरूलाई शरिया अनुसार सजाय दिनुपर्ने तालिबानका सर्वोच्च नेताको भनाई छ। तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै मुल्ला अखुन्दजादाले न्यायाधीशहरूको समूहलाई भेटेपछि “अनिवार्य” आदेश आएको बताए।

“चोरहरू, अपहरणकर्ताहरू र देशद्रोह गर्नेहरूको फाइलहरू ध्यानपूर्वक जाँच गर्नुहोस्”, मुजाहिदले अखुन्दजादालाई उद्धृत गर्दै भने।

सन् १९९० को दशकमा शक्तिमा हुँदा सार्वजनिक रुपमा मृत्युदण्डलगायत क्रुर सजायका लागि तालिबान आलोचित बनेको थियो। १५ महिनाअघि सत्तापलट गरेपछि तालिबानले नरम ढंगले शासन गर्ने प्रतिबद्धता जनाएका थिए। तर सत्तारोहणपछि तालिबानका लडाकुले निरन्तर ढंगले दमन गरिरहेका छन्। महिला अधिकारमा अंकुश लगाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *