कम्बोडियाका प्रधानमन्त्रीलाई कोभिड पोजेटिभ

डिसी नेपाल
२९ कार्तिक २०७९ १०:०७
44
Shares

नोम पेन्ह। कम्बोडियाका प्रधानमन्त्री हुन सेनले आफूलाई कोभिड पोजेटिभ भएको बताएका छन्। नोम पेन्हमा भएको शिखर सम्मेलनका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत एक दर्जनभन्दा बढी विश्व नेतासँग भेट गरेका थिए। त्यस लगत्तै परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताएका छन्।

एसिमा नै सबैभन्दा बढी लामो समय शासन गर्ने नेताको रुपमा पहिचान बनाएका हुन सेनले आफूलाई कुनै लक्षण नदेखिएको बताएका छन्।

हुन सेनले आइतवार सम्पन्न  एसोसिएसन अफ साउथइस्ट एसियाली नेसन्सको शिखर सम्मेलनमा आठ दक्षिणपूर्वी एसियाली देशका साथै संयुक्त राज्य अमेरिका, चीन, जापान, अष्ट्रेलिया र क्यानडाका नेताहरूसँग भेटघाट गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *