चीनसँग कुनै नयाँ शीतयुद्ध हुनेछैनः बाइडेन
काठमाडौं । जी-२० शिखर सम्मेलनमा भाग लिन बाली पुगेका जो बाइडेनले पत्रकार सम्मेलनमा चीनसँग नयाँ शीतयुद्ध नहुनेमा आफू “पूर्ण रूपमा” विश्वस्त रहेको र “चीनले ताइवानमाथि आक्रमण गर्न खोजेको” जस्तो आफुलाई नलागेको बताए। ।
उनले अमेरिकाको ‘एक चीन नीति’मा कुनै परिवर्तन नभएको र ताइवानको मुद्दामा दुवै देश शान्तिका लागि प्रतिबद्ध रहेको बताए ।
उनले चिनियाँ राष्ट्रपतिसँग “खुला र इमान्दार” कुराकानी भएको र उनीहरूले एकअर्कासँग “बिना हिचकिचाहट” कुरा गरिरहेको बताए।
उत्तर कोरियाको सम्बन्धमा उनले चीनलाई नयाँ आणविक हतियारको परीक्षणबाट रोक्ने प्रयासमा प्रतिबद्ध रहेको बताए । तर उनले उत्तर कोरियालाई चीनले नियन्त्रण गर्न नसक्ने बताए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment