युवा मत तान्ने ओली रणनीतिमा एमालेको र्‍याप गीत

मदन कोइराला
३० कार्तिक २०७९ ६:३८

काठमाडौं। मौन अवधि सुरु हुन अगाडि दलहरु चुनाव प्रचारलाई अन्तिमरुप दिने तयारी गरिरहेका छन्। दलका शीर्ष नेताहरु र उम्मेदवारहरु निर्वाचन क्षेत्रमा केन्द्रित भइरहेका बेला एमालेका अध्यक्ष केपी शर्मा ओली भने मध्यरातमा नाइट क्लवमा देखिन्छन् र र्‍याप गाउँछन्।

पछिल्लो समय विभिन्न ठाउँमा चुनाबी सभालाई सम्बोधन गर्दै हिँडेका अध्यक्ष ओली आत्मविश्वासी देखिएका छन् । उनले आफ्नो दलले प्रत्यक्षतर्फ १०० र समानुपातिकतर्फ ५० सिट जित्ने दावी गरेका छन्। यो संख्या भनेको स्पष्ट बहुमत हो।

अहिलेको निर्वाचनमा एमाले चौतर्फ घेराबन्दीमा छ। सत्ता गठबन्धनको मुख्य उद्देश्य नै एमालेलाई हराउने देखिएको छ। एमालेलाई नै हराउने मुख्य उद्देश्यसहित सत्ता गठबन्धनले चुनावी प्रचार प्रसार गरिरहेको छ भने एमाले आफैं पनि विभाजित अवस्थामा छ।

अर्कोतर्फ सत्ता गठबन्धन र एमाले गठबन्धनबीच चुनावी प्रतिष्पर्धा हुने अनुमानबीच यो पटक रवि लामिछाने नेतृत्वका राष्ट्रिय स्वतन्त्र पार्टीले सहरी क्षेत्रमा दलहरुलाई चुनौती दिने देखिएको छ। विशेष गरी दलप्रति वितृष्णा भएका मतदाताको आकर्षण लामिछानेको पार्टी देखिन्छ।

यसरी चौतर्फी घेरान्दीमा परेको पार्टीका अध्यक्ष केपी शर्मा ओली भने यो निर्वाचनमा एकल बहुमतसहित एमाले प्रमुख पार्टी हुने दाबी गरिरहेका छन्। केही दिनदेखि विभिन्न संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा ओलीले एमाले एकल बहुमतसहित प्रमुख पार्टी बन्ने दाबी गर्दै उच्च आत्म विश्वास दर्शाएका छन्।

केही रिपोर्टहरुका अनुसार एमालेलाई मात्रै नभई त्यसका अध्यक्ष ओलीलाई नै चुनाव हराउने गरी उनको निर्वाचन क्षेत्र झापा-५ मा शक्तिकेन्द्रहरुले गतिविधि गरिरहेका छन्। तर ओली भने एमालेले प्रत्यक्षतर्फ १०० र समानुपातिकतर्फ ५० सिट जित्ने भन्दै निर्वाचनपछि शक्तिमा फर्किने दाबी गर्दै आएका छन्।

रिपोर्टहरुका अनुसार एमालेलाई मात्रै नभई त्यसका अध्यक्ष ओलीलाई नै चुनाव हराउने गरी उनको निर्वाचन क्षेत्र झापा-५ मा शक्तिकेन्द्रहरुले गतिविधि गरिरहेका छन्। तर ओली भने एमालेले प्रत्यक्षतर्फ १०० र समानुपातिकतर्फ ५० सिट जित्ने भन्दै निर्वाचनपछि शक्तिमा फर्किने दाबी गर्दै आएका छन्।

सत्ता गठबन्धनका नेताहरु गठबन्धनले दुई तिहाइ बहुमत ल्याउने दाबी गर्दै आएका छन्। निर्वाचनको मुखमा कुनै पनि दलको प्रमुखले चुनावमा बहुमत ल्याउँछु भन्नु स्वाभाविक हो। तर ओलीले जुन आत्मविश्वासका साथ चुनाव जित्छु भनेका छन् त्यसको पछाडिको कारण भने खुलस्त छैन।

पाँच वर्षअघि बाम गठबन्धन गरेर झण्डै दुई तिहाइ बहुमत ल्याएर सरकार संचालन गरेका ओलीले यो बीचमा निकै आरोह अवरोह व्यहोरेका छन्। एकीकृत अवस्थामा रहेको नेकपा विभाजित बनेको छ भने एमाले पनि फुटेको अवस्थमा छ।

एमालेबाट विभाजित बनेको एकीकृत समाजवादीका नेताहरुले आफूहरुले चुनाव जित्न नसके पनि एमालेलाई हराउन भूमिका खेल्न सक्ने सार्वजनिक रुपमा बताइरहेका छन्। स्थानीय तहको मतलाई आधार मान्ने हो भने एमालेका लागि यो चुनाव फलामको च्यूरा चपाए सरह हुने देखिन्छ।

त्यसबारे ओली जानकार नहुने कुरै भएन। तीन वर्ष सरकारको नेतृत्व गर्दा राष्ट्रियताका पक्षमा ओलीले गरेको काम, कतिपय विकास निर्माणका काम र आर्थिक समृद्धिका नाराले ओलीप्रति जनताको सहानुभूति देखिन्छ।

देश बनाउने एमालेले मात्रै हो भन्दै घोषणापत्र जारी गरेको एमालेले ओलीलाई प्रधानमन्त्रीको रुमपा प्रस्तुत गर्दै ‘मंसिर चार, ओली सरकार’को नारा अगाडि सारेको छ।

यो चुनावमा एमालेले राष्ट्रियतालाई प्रमुखताका साथ उठान गरेको छ। कात्तिक १७ गते दार्चुलाबाट चुनावी अभियानको सुरुवात गरेको एमालेले ओली सहभागी हुने कार्यक्रममा मानिसहरुको पनि उल्लेख्य रुपमा उपस्थिति हुने गरेको देखिन्छ।

नौ लाख पार्टी सदस्य रहेको एमालेको आन्तरिक रिपोर्टका आधारमा नै ओलीले यो चुनावमा बहुमत ल्याउने दाबी गरेको एमाले नेताहरु बताउँछन्। ‘यो डेढ वर्षमा गठबन्धनले गरेको मनलाग्दी काम, न्यायपालिकामाथिको हस्तक्षेप, महंगीलगायतका कारणले गठबन्धनप्रति जनताका वितृष्णा बढेको छ,’ एक एमाले नेताले डिसी नेपालसँग भने, ‘अहिले अध्यक्षले भनिरहनु भएको संख्यालाई आधार मानेर एमालेले बहुमतसहित पहिलो पार्टी बनाउने हाम्रो अभियान हो।’ ‘

यसपटकको निर्वाचनमा युवाहरुको झुकाव निर्णायक हुनेछ र यसले चुनाबी परिणाममा ठूलो उथलपुथल ल्याउनेछ भन्ने कुराका पूर्वसंकेतहरु देखिइसकेका छन्।

पाँच वर्ष एमालेले गर्छ’ भन्ने नारालाई अघि सारेका एमाले अध्यक्ष ओलीको ध्यान युवा मतदातालाई आकर्षित गर्नेमा छ। यसका लागि उनी आधारातमा युवाहरुको जमघट हुने नाइट क्लवमा पुगेका छन् र युवामाझ लोकप्रिय र्‍याप संगीतमार्फत चुनाबको प्रचारप्रसार गर्ने रणनीति अपनाएका छन्। गएको स्थानीय तहको निर्वाचनमा केन्द्रीय राजधानी सहरमा युवाको मत निर्णायक देखियो र युवाहरुकै अभियानले चुनाबी परिणाम परिवर्तन गरिदियो।

यही दृष्टान्तलाई पच्छ्याउँदै ओली युवालाई आकर्षित गर्नेतर्फ केन्द्रित छन्। के ओलीलाई आफूले युवाहरुलाई तान्न सफल भएको कुरामा विश्वास भएको हो? के यही कारण उनी आत्मविश्वासी देखिएका हुन्? के साँच्चै ओलीप्रति युवाको झुकाव बढेको हो?यी प्रश्नको जवाफ केही दिनमा पाइनेछ।

यद्यपि यो कुरा सत्य हो कि यसपटकको निर्वाचनमा युवाहरुको झुकाव निर्णायक हुनेछ र यसले चुनाबी परिणाममा ठूलो उथलपुथल ल्याउनेछ भन्ने कुराका पूर्वसंकेतहरु देखिइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *