पोल्यान्डमा रुसी मिसाइल प्रहारः बाइडेनले गरे आपतकालीन बैठक
बाली। संयुक्त राज्य अमेरिका र यसको नेटो सहयोगीहरूले पोल्याण्डमा दुई जनाको मृत्यु भएको विस्फोटको अनुसन्धान गरिरहेका छन्। तर, प्रारम्भिक जानकारीले सो मिसाइल रसियाबाट प्रहार नभएको हुनसक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।
इन्डोनेसियाको बालीमा भएको जी २० बैठकका लागि भेला भएका विश्वव्यापी नेताहरूले पोल्याण्डमा भएको घातक विस्फोटमा रुस जिम्मेवार भएको युक्रेन र पोल्याण्डका अधिकारीहरूले दाबी गरेपछि बाइडेनले आपतकालीन बैठक गरेका थिए।
यसअघि अमेरिकी गुप्तचर निकायका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसल पोल्याण्डमा रुसी क्षेप्यास्त्रहरू प्रवेश गरेको कारण विस्फोट भएको बताएको थियो। तर, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले उक्त विवरणको पुष्टि गर्न नसकेको बताएको छ।
ह्वाइट हाउसले पनि पोल्याण्डबाट आएका रिपोर्टहरू पुष्टि गर्न नसकिने र थप जानकारी संकलन गर्न पोल्यान्ड सरकारसँग काम गरिरहेको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment