विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वाेच्चमा

डिसी नेपाल
३० कार्तिक २०७९ १२:५०
48
Shares

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वाेच्च अदालतमा पुनरावेदन गरेको छ।

विशेष अदालतले भ्रष्टाचारसम्बन्धी ९ वटा मुद्दाको गरेको फैसलाप्रति चित्त नबुझेर मंगलबार सर्वाेच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

एक साताअघि पनि आयोगले विशेष अदालतबाट भएका १२२ वटा भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसलाविरुद्ध सर्वाेच्चमै पुनरावेदन गरेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *