नासाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट चन्द्रमामा पठायो
काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा पठाइएको अहिलेसम्मकै शक्तिशाली रकेट अन्तरिक्ष प्रक्षेपण प्रणाली सफलतापूर्वक प्रक्षेपण गरेको छ । नासाका लागि यो ऐतिहासिक क्षण हो ।
यो प्रक्षेपण तेस्रो प्रयासमा सफल भएको हो । यसअघि अगस्ट र सेप्टेम्बरमा यसको प्रक्षेपण रोकिएको थियो।
यो नासाको आर्टेमिस मिशनको एक हिस्सा हो, जसअन्तर्गत ५० वर्षपछि फेरि चन्द्रमामा मानिस पठाउने तयारी भइरहेको छ । यो रकेटको पहिलो मिसन हो जसमा कुनै पनि अन्तरिक्ष यात्री सवार हुने छैन । तर यदि यो मिसन सफल भयो भने भविष्यमा अन्तरिक्ष यात्रीहरू यो रकेटमार्फत मिसनमा जान सक्नेछन् ।
र सबै कुरा ठीक भएमा सन् २०२४ देखि मानिसले फेरि चन्द्रमामा पाइला राख्न सक्नेछ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment