डाक्टरको लापरवाहीले फुटबल खेलाडीको मृत्यु भएपछि आन्दोलन, घुँडाको शल्यक्रिया भएको थियो
काठमाडौं । तमिलनाडुमा एक फुटबलरको घुँडाको शल्यक्रियाका कारण मृत्यु भएको भन्दै राज्यभर विरोध भड्किएको छ ।
१७ वर्षीया प्रियाको दाहिने घुँडाको लिगामेन्ट फुटेका कारण उनको शल्यक्रिया गरिएको थियो, त्यसपछि उनको मंगलबार मृत्यु भएको थियो ।
शल्यक्रियापछि बहुअङ्ग फेल भएर उनको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
अनुसन्धानपछि शल्यक्रिया गर्ने दुई चिकित्सकलाई लापरबाही गरेको आरोपमा निलम्बन गरिएको छ ।
टाइम्स अफ इन्डिया अखबारका अनुसार प्रहरीले घटनाको सम्बन्धमा ‘अप्राकृतिक मृत्यु’ को मुद्दा दर्ता गरेको छ।
प्रियाका परिवारले डाक्टरलाई पक्राउ गर्न माग गरेका छन् ।
उनका भाइ लरेन्सले टाइम्स अफ इन्डियालाई बताए कि उनकी बहिनी प्रिया राज्य स्तरको फुटबल खेलाडी थिइन्।
नोभेम्बर ७ मा, चेन्नई शहरको पेरियार नगर अस्पतालमा शल्यक्रिया पछि, उनले आफ्नो खुट्टामा दुखाइको गुनासो गरिन् ।
बीबीसी तमिलले पत्ता लगायो कि डाक्टरहरूले प्रियाको खुट्टामा टर्निकेट लगाए र उनलाई दुखाइको औषधि दिए।
टर्निकेट एक प्रकारको पट्टी हो जसलाई कडासँग बाँधिन्छ र यसले रगतको प्रवाह रोक्छ।
एक दिन पछि, प्रियाको स्वास्थ्य बिग्रियो र उनलाई सहरको प्रमुख सरकारी अस्पताल राजीव गान्धीमा सारिएको थियो।
अस्पतालले अनुसन्धानमा उनको अङ्गको तन्तु मरेको र शल्यक्रिया गरेर खुट्टा अलग गर्नुपर्ने देखाएको थियो ।
शल्यक्रियापछि उनको अवस्था बिग्रियो र १४ नोभेम्बरमा उनको अर्को शल्यक्रिया गरियो ।
शल्यक्रियाको एक दिन पछि, उनको बहु-अंग फेलका कारण मृत्यु भयो।
प्रियाको मृत्युपछि तमिलनाडुमा प्रदर्शन चर्किएको छ, त्यसपछि राज्य सरकारले छानबिनको आदेश दिएको छ।







डिसी नेपाल







Facebook Comment