बम बनाउने क्रममा बिस्फोट, दुई जना गम्भीर घाइते

डिसी नेपाल
३० कार्तिक २०७९ २२:१८
584
Shares

काठमाडौं । नेत्रबिक्रम चन्द नेतृत्वको विप्लव समुहका कार्यकर्ताले बम बनाउने क्रममा बिस्फोट हुँदा नेपालगन्जमा दुई जना घाईते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित दिवाकर बिक्रम मल्लको घरमा बम बिस्फोट हुँदा दुई जना घाईते भएका हुन् ।

बुधबार बेलुकी ८ः१० बजेतिर घरभित्र बम बिस्फोट भएको थियो । नेत्र बिक्रम चन्द नेतृत्वको विप्लव समुहका कार्यकर्ताले बम बनाउने क्रममा बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उक्त बिस्फोटमा परेर विप्लव समुहका विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सल्यान निवासी डिल्ली बहादुर डिसी क्षेत्री र सोही संगठनका कार्यकर्ता कैलाली निवासी धर्मराज सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता रामप्रसाद घर्ती मगरले जानकारी दिए । घाइते दुबै जनको भेरी अस्पतालमा उपचार भैरहेको छ ।

बम बनाउने कार्यमा संलग्न अन्य ३ जना सामान्य घाइते भएको प्रहारीले जनाएको छ । उक्त घरमा अर्को एउटा पनि बम भेटिएपछि अहिले नेपाली सेनाको बज्रदल गण राँझाबाट आएको टोलीले डिस्पोज गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *