पोल्यान्डमा युक्रेनले नै क्षेप्यास्त्र खसालेको हुन सक्ने नेटो फौज र वार्साको आँकलन

डिसी नेपाल
१ मंसिर २०७९ १०:३२
96
Shares

वार्सा। बुधबार पोल्यान्डमा खसिएको भनेको क्षेप्यास्त्र युक्रेनले नै खसालेको हुनसक्ने पश्चिमा नेताहरुले आशंका गरेका छन्। युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीले रुसले क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् भने संयुक्त राज्य अमेरिका र नेटो फौजले युक्रेनी पक्षबाट उक्त हमला भएको हुन सक्ने जनाएका छन्।

पश्चिमा देश समर्थित युक्रेनभित्र नागरिक पूर्वाधारमा लक्षित व्यापक रुसी बमबारीबीच युक्रेनी सीमा नजिक पोल्याण्डको एउटा गाउँमा कम्तिमा एउटा मिसाइल प्रहार हुँदा दुई जनाको मृत्यु भएको थियो।

रुसी हमला रोक्नको लागि युक्रेनी वायु रक्षा क्षेप्यास्त्रले प्र्जेवोडो गाउँमा रकेट प्रक्षेपण गरेको हुन सक्ने पोल्यान्ड र नेटो दुवैले अनुमान गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *