चीनले ताइवानमा आक्रमण गरे पुटिनको जस्तै गल्ती हुनेछ : अमेरिकी जनरल

डिसी नेपाल
१ मंसिर २०७९ ११:२९
32
Shares

काठमाडौं । अमेरिकी सेनाका शीर्ष जनरल मार्क मिलीले चीनले ताइवानमाथि आक्रमण गरे त्यो चीनको लागि रणनीतिक गल्ती हुने बताएका छन् । मार्क मिलीले हाल अमेरिकी सेनाको सर्वोच्च पद, संयुक्त चिफ अफ स्टाफको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्।

मिलीले चीनले ताइवानप्रति आक्रामकता देखाएको खण्डमा पुटिनको जस्तै गल्ती हुने बताएका छन् । रुसी राष्ट्रपति पुटिनले यस वर्षको सुरुमा आफ्नो छिमेकी देश युक्रेनमा सैन्य आक्रमण सुरु गरेका थिए, जसलाई उनले विशेष सैन्य कारबाही भनेका थिए।

यो युद्ध अहिले सम्म चलिरहेको छ र निकट भविष्यमा पनि यो द्वन्द्वको समाधान देखिदैन । यस युद्धका कारण रुसले ठूलो आर्थिक र भूराजनीतिक चुनौती सामना गरिरहेको छ ।

मिलीले भने, ‘ताइवानमाथि आक्रमण र घेराबन्दी गर्नु निकै कठिन काम हो । ताइवानको अधिकांश भूभाग पहाडी छ। यो सैन्य अपरेशनको दृष्टिकोणबाट धेरै गाह्रो काम हो।’

यस्तो अवस्थामा चिनियाँ पक्ष निकै जोखिमपूर्ण अवस्थामा हुनेछ । यो चीनको लागि रणनीतिक र भूराजनीतिक गल्ती हुनेछ, जसरी पुटिनले युक्रेनमा गरेका छन्।

यससँगै मिलीले ताइवानको अवस्थामा युक्रेन युद्धबाट पाठ सिकेर आफूलाई रक्षा गर्न अझ राम्रोसँग तयार हुन सक्ने बताएका छन् । तर, मिलीले यो शताब्दीको मध्यसम्ममा चीन विश्वको सबैभन्दा ठूलो शक्ति बन्नेतर्फ अघि बढिरहेको बताए ।

तर, उनले अहिले अमेरिकालाई विश्वको सबैभन्दा ठूलो शक्ति भनेका छन् ।

उनले भने, ‘कसैले जति आलोचना गरे पनि अमेरिकी सेना अहिले विश्वकै सबैभन्दा खतरनाक सेना हो भन्नेमा कुनै शंका छैन । अमेरिकी सेना नम्बर एक छ, र हामी नम्बर एक रहन चाहन्छौं।

अमेरिका र चीनबीच भविष्यमा कुनै पनि द्वन्द्वको सवालमा मिलीले भने कि जबसम्म अमेरिकी सेना बलियो स्थितिमा रहिरहन्छ, तबसम्म यो अमेरिका र चीनबीचको शक्ति युद्धमा बाधा रहिरहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *