अमेरिकी संसदको तल्लो सदनमा रिपब्लिकन पार्टीलाई बहुमत, बाइडेनले के भने ?
काठमाडौं । अमेरिकाको रिपब्लिकन पार्टीले भर्खरै सम्पन्न मध्यावधि निर्वाचनमा अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा आफ्नो प्रभुत्व कायम गरेको छ ।
यस चुनावमा रिपब्लिकन पार्टीले प्रतिनिधि सभामा २१८ सिट प्राप्त गरेको छ । यस निर्वाचनमा अमेरिकी सिनेटमा ३५ र प्रतिनिधिसभाका सबै सिटका लागि दुई दलबीच संघर्ष भएको थियो ।
सिनेटका सदस्यको पदावधि छ वर्ष र प्रतिनिधिसभाका सदस्यको कार्यकाल दुई वर्षको हुन्छ । रिपब्लिकन पार्टीले सिनेटदेखि प्रतिनिधि सभासम्म दुवै सदनमा राम्रो सफलता पाउने आशा राखेको थियो । तर त्यसो हुन सकेन र सिनेटमा डेमोक्रेटिक पार्टीले बहुमत ल्यायो ।
यद्यपि, प्रतिनिधिसभामा रिपब्लिकन पार्टीको बहुमत भएकाले बाइडेन प्रशासनका लागि कानुन पारित गर्न चुनौती हुनेछ। चुनावको नतिजा आएपछि राष्ट्रपति जो बाइडेनले रिपब्लिकन पार्टीलाई प्रतिनिधि सभामा बहुमत प्राप्त गरेकोमा बधाई दिएका छन् ।
उनले भनेका छन्, ‘हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमत हासिल गरेकोमा रिपब्लिकन पार्टीका नेता केभिन म्याकार्थीलाई बधाई दिन्छु ।
म रिपब्लिकन नेताहरूसँग काम गरेर मध्यम-वर्गीय परिवारहरूको लागि काम गर्दा परिणामहरू प्रदान गर्न तत्पर छु। म रिपब्लिकन वा डेमोक्रेट जो कोहीसँग पनि उनीहरूको हितमा काम गर्न तयार छु।







डिसी नेपाल







Facebook Comment