कतारले पत्रकारको प्रत्यक्ष प्रसारण रोक्यो, त्यसपछि माफी माग्यो

डिसी नेपाल
१ मंसिर २०७९ १३:४५
124
Shares

काठमाडौं । फिफा विश्वकप २०२२ खाडी मुलुक कतारमा आयोजना हुँदैछ । बुधबार, कभरेजको लागि त्यहाँ पुगेका डेनिस टिभी टोलीलाई जबरजस्ती प्रसारण गर्नबाट रोकिएको थियो।

यसपछि फुटबल विश्वकप आयोजकले डेनिस पत्रकारसँग माफी मागेका छन् । सोशल मिडियामा साझा गरिएको भिडियोमा, डेनमार्कको टिभी २ रिपोर्टर रासमुस टेन्थोल्ड आफ्नो स्टुडियोसँग प्रत्यक्ष जोडिएका छन् । त्यतिकैमा कतारका सुरक्षाकर्मी आएर प्रसारण रोक्छन् ।

भिडियोमा रास्मसलाई सुरक्षाकर्मीसँग बहस गरेको देख्न सकिन्छ । उनीहरुले कार्ड र परमिट देखाएर आफ्नो पक्ष प्रस्तुत गरिरहेका छन् । कतारको एक वेबसाइट अल-अइनले उक्त घटनाका लागि कतारले डेनिस टिभीका टोलीसँग माफी मागेको लेखेको छ ।

पत्रकार रासमसले पनि ट्वीट गरेर यसको पुष्टि गरेका छन् । उनले लेखेका छन्, ‘अब कतारको अन्तर्राष्ट्रिय मिडिया कार्यालयले हामीसँग माफी मागेको छ ।’ अल-अइनले पनि घटनालाई लाजमर्दो भएको बताएको छ।

वेबसाइटले विश्वकप आयोजकलाई लेखेको छ, ‘डेनमार्कका पत्रकारहरूले लाइभका क्रममा केही समस्याको सामना गरेका छन्। उनले कभरेजको अनुमति लिएको पुष्टि भएपछि सुरक्षा गार्डले पत्रकारसँग घटनास्थलमा माफी मागेका थिए ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *