२५.५७ अंकले बढ्यो नेप्से परिसूचक, दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
१ मंसिर २०७९ १५:३०

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक २५.५७ अंकले बढेर १९३६.८३ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४९ अङ्कले घटेर ३८१.०६ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा छ। यसको आज १४ करोड ३९ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिवम् सिमेन्ट र तेस्रोमा हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटा उपसुचक बढेको छ। आजको कारोबारमा सिक्लेस हाइड्रोपावर र सयपत्री हाइड्रोपावरको सेयर भाउ १० प्रतिशतले बढेको छ।  यी दुई कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त र इमर्जिङ्ग नेपालका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *