म्यानमारको सेनाले पूर्व बेलायती राजदूत विक्की बोमनसहित ६ हजार कैदीलाई रिहा गर्‍यो

डिसी नेपाल
१ मंसिर २०७९ १५:४९
28
Shares

काठमाडौं । म्यानमारको सेनाले बिहीबार विदेशी नागरिकसहित ६ हजार कैदीलाई रिहा गरेको छ । पूर्व बेलायती राजदूत विकी बोमन, जापानी पत्रकार तोरु कुबोटा र आङ सान सुकीको अपदस्थ सरकारका अष्ट्रेलियाका सल्लाहकार सिन टर्नेललाई रिहा गरिएको एक शीर्ष सेना अधिकारीले एएफपी समाचार संस्थालाई बताए।

सन् २००२ देखि २००६ सम्म राजदूत रहेकी बोमनलाई अगस्टमा श्रीमानसहित हिरासतमा लिइएको थियो । उनी विदेशी नागरिक दर्ता कागजातमा रहेको ठेगानाभन्दा फरक ठेगानामा बस्दै थिइन्। र, उनले यसबारे जानकारीसमेत दिइनन् ।

बोमनलाई पतिसँगै प्रारम्भिक हिरासतमा राखेर जेल पठाइएको थियो। बोम्यानका पति टान लिन एक प्रसिद्ध कलाकार हुन् र उनी पनि बोमनसँगै रिलिज भए। एक एएफपी पत्रकारले भनेका छन् कि यो घोषणा पछि, याङ्गुनको इन्सेन जेल बाहिर रिहा भएकाहरुका आफन्तहरु भेला हुन थालेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *