देशकै प्रमुख व्यापारिक नाका ७२ घण्टाका लागि बन्द

डिसी नेपाल
२ मंसिर २०७९ १४:३४
72
Shares

पर्सा। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरि नेपाल-भारत सीमानाका बन्द गरिएको छ। उक्त निर्वाचनका लागि देशकै प्रमुख व्यापारिक नाका ७२ घण्टाका लागि बन्द गरिएको हो।

वीरगञ्जको इनर्वास्थित भन्सारको मुख्य सडकमा शुक्रबार सशस्त्र प्रहरीले बेरिकेट लगाई वाहन तथा व्यक्तिको आवतजावतमा रोक लगाएको छ। निर्वाचनका बेला सीमापारिबाट हुन सकिने सम्भावित आपराधिक गतिविधिलाई रोक्न भारतसंँग जोडिएका जिल्लाको सबै नाकालाई गएराती १२ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *