मिथुन चक्रवर्तीलाई भेट्न नेताले रद्द गरेका थिए र्याली

मुम्बई। अभिनेता मिथुन चक्रवर्तीको लोकप्रियता सन् ८० र ९० का अन्य सुपरस्टार जत्तिकै थियो। सन् १९८२ मा रिलिज फिल्म ‘डिस्को डान्सर’ले उनलाई ‘डान्स आइकन’ नै बनाइदियो। उनी भारतमा मात्र होइन, रुस, एसिया, पूर्वी र पश्चिमी अफ्रिका, टर्की र सोभियत संघसम्म चर्चित रहे।
‘जिमी जिमी जिमी आजा आजा आजा’ले त उनलाई विशेषत विदेशी फ्यानमाझ प्रिय बनाएको थियो। यो फिल्म विदेशमा सन् १९८४ मा रिलिज भयो। फिल्मले विदेशमा सय करोड कमाउने पहिलो भारतीय फिल्मको रेकर्ड नै राख्यो।
दक्षिण एसिया र सोभियत युनियनमा फिल्म र मिथुन यति लोकप्रिय भए कि उनी घर–घरमै चिनिए। रसियामा फिल्म रिलिज पछि उनी सेसन नै बने। रुसमा एकदिन नेताहरूले आफ्नो पूर्वनिर्धारित र्याली कार्यक्रम नै रद्द गर्नुपरेको थियो। किनकि जुनदिन उनीहरुले त्यो कार्यक्रम राखेका थिए, त्यो दिन मिथुन रुस पुग्दै थिए। मस्कोका उनका सारा फ्यान उनको एक झलक पाउनका लागि एयरपोर्ट पुगेका थिए। र्यालीमा कम जनता उपस्थित हुने देखिएपछि नेताले र्यालीलाई रद्द गरेका थिए।
Facebook Comment