मुम्बईमा दादुराबाट १२ बालबालिकाको मृत्यु

डिसी नेपाल
८ मंसिर २०७९ १२:५४
36
Shares

नयाँ दिल्ली। पश्चिमी भारतीय सहर मुम्बई र वरपरका क्षेत्रमा दादुराका कारण १२ बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पहिलो मृत्यु अक्टोबर महिनाको अन्तिम साता रिपोर्ट गरिएको थियो। तीन बालबालिको ४८ घन्टाको अन्तरालमा मृत्यु भएका थियो।

सहरमा बुधवार सम्म यस वर्ष २३३ जनामा दादुरा संक्रमण पुष्टि भएको छ। यो अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी हो । गत वर्ष दादुराबाट दुई जनाको मृत्यु भएको थियो।

अधिकारीहरू भन्छन् कि कोभिड महामारीबीच सुस्त खोप अभियानले दादुरा संक्रमणलाई ठूलो बढावा दिएको छ । दादुरा अत्यधिक संक्रामक मानिन्छ। विज्ञहरूका अनुसार यसले पाँच वर्ष मुनिका बालबालिकाहरूमा कोभिड १९ ले भन्दा बढी गम्भीर जटिलताहरू निम्त्याउन सक्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *