यो निर्वाचनको ‘म्यान अफ दि इलेक्सन’ सागर ढकाल भएः मिलन पाण्डे

डिसी नेपाल
८ मंसिर २०७९ १७:५२

काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ को प्रतिनिधि सभा सदस्यमा पराजित भएका विवेकशिल साझाँ पार्टीका संयोजक मिलन पाण्डेले यो निर्वाचनको ‘म्यान अफ दि इलेक्सन’ सागर ढकाल भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत आफ्नालागि यो निर्वाचनको ‘म्यान अफ दि इलेक्सन’ सागर ढकाल भएको बताएका हुन् ।

काँग्रेसका शक्तिशाली सभापति, देशको प्रधानमन्त्रीलाई बिदा गर्छु नयाँ पुस्ताको नेतृत्व गर्छु भनेर डडेल्धुरामा गएर निर्वाचन लड्नु सानो साहस, आत्मविश्वास नभएको भन्दै उनले सागरको प्रशंसा गरेका छन् ।

साथै, उनले करिब ५ वर्ष अगाडी यो निर्वाचनमा उठ्ने योजना बनाएको समेत स्मरण गरेका छन् ।

सधैँ, जित्नु मात्र पनि जित नभएको भन्दै पाण्डेले चुनौती दिन सकिन्छ भनेर अरूमा साहस भर्नु पनि जीत भएको उल्लेख गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *