गुल्मी १ मा रोचक प्रतिस्पर्धा, चन्द्र भण्डारीले पुनः घटाउन थाले मतान्तर

डिसी नेपाल
८ मंसिर २०७९ १९:२२

गुल्मी । गुल्मी क्षेत्र नम्बर १ मा कांग्रेसका चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीबीच रोचक प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो अपडेट अनुसार एमालेका ज्ञवाली अगाडी छन् । तर, अहिले भण्डारीले निरन्तररुपमा मतान्तर घटाइरहेका छन् ।

अहिले नेकपा एमालेका प्रदीप ज्ञवालीले १८ हजार ४ सय ४६ ल्याउँदा भण्डारीले १८ हजार ३ सय ११ मत ल्याएका छन्।

उनीहरूबीच १३५ मतको मात्र मतान्तर छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *