सुनसरी ४ः मतान्तर घटाउँदै सञ्चारमन्त्री कार्की, एमालेका कुसियैतको अग्रता कायमै

डिसी नेपाल
९ मंसिर २०७९ १८:३९

सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले मतान्तर घटाएका छन् ।

पछिल्लो अपडेट अनुसार नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले १८ हजार ९ सय ३१ मत ल्याएका छन् भने कार्कीको १८ हजार ३०१ मत छ ।

अहिले कुसियैत र कार्कीबीचको मतान्तर ६ सय ३० रहेको छ । यसअघि कार्की हजार भन्दा बढी मतले पछि परेका थिए ।

यस क्षेत्रमा कुसियैत र कार्कीबीच रोचक प्रतिस्पर्धा देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *