अब टेलिभिजनमै नयाँ चलचित्र हेर्न पाइने

डिसी नेपाल
९ मंसिर २०७९ २१:२०

काठमाडौं । नेपाल नेटवर्क टेलिभिजनमा नयाँ नेपाली चलचित्रहरु हेर्न सकिने भएको छ ।

हलमा प्रदर्शनमा आएका र दर्शकले रुचाएका चलचित्रहरु टेलिभिजनमा देखाइने जनाइएको छ । डिएआर मुभिजको सहकार्यमा हरेक शुक्रबार राती ९ बजे टेलिभिजनमा चलचित्र प्रशारण हुँदै आएको छ ।

यो शुक्रबार दयाहाङ राई अभिनित चलचित्र ‘तान्द्रो’ प्रशारण हुने बताइएको छ । साथै, आउँदो महिनाबाट ‘चिसो मान्छे’, ‘ईन्टु मिन्टु लण्डनमा’, ‘प्रेम गीत ३’ र ‘झिंगेदाउ’ प्रशारण हुनेछ ।

चलचित्र हेर्नका लागि दर्शकहरुले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने डिएआरका निर्देशक श्याम धितालले जानकारी दिए । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *