कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित एक्ली महिला सिता गुरुङ

डिसी नेपाल
११ मंसिर २०७९ ७:५५

काठमाडौं। मंसिर-४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणका पुगेको छ, अब केही स्थानको मात्रै परिणाम आउन बाँकी छ। हालसम्म सार्वजनिक भएको परिणाम अनुसार नेपाली कांग्रेसले ५२ सिटमा जित हासिल गरेर प्रत्यक्षतर्फ पहिलो दल बनेको छ, उसले अझै चार स्थानमा अग्रता कायम गरेको छ।

नेकपा एमालेले ४१ सिटमा जित हासिल गरेको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ। नेपाली कांग्रेसले प्रत्यक्षतर्फ धेरै सिट जितेर पहिलो पार्टी बन्दै गर्दा प्रत्यक्षमा महिला भने एक जनामात्रै निर्वाचित भएकी छन्।

तेह्रथुमबाट ४६ वर्षीया सीता गुरुङ कांग्रेसबाट प्रत्यक्षमा निर्वाचित हुने एकमात्र महिला बनेकी छन्। उनले एमाले उम्मेदवार विजय सुब्बालाई एक हजार ७९ मतले पराजित गर्दै निर्वाचित बनेकी हुन्। गुरुङले १९ हजार ७ सय २ मत ल्याउँदा एमालेका सुब्बाले १८ हजार ६२३ मत पाए।

पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सांसद रहेकी गुरुङ ०७४ को निर्वाचनमा तत्कालीन एमाले उम्मेदवार एक हालका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग २ हजार २१ मतले पराजित भएकी थिइन्।

कांग्रेसबाट प्रत्यक्षमा टिकट पाएका केन्द्रीय सदस्य सुजाता कोइराला, महालक्ष्मी उपाध्याय, चित्रलेखा यादवलयायत पराजित हुँदा तेह्रथुमबाट निर्वाचित गुरुङ प्रत्यक्षतर्फ निर्वाचन एक मात्र महिला बनेकी छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *