महोत्तरीका तीन क्षेत्रमा गठबन्धन र एउटामा एमाले विजयी

डिसी नेपाल
११ मंसिर २०७९ ९:५९

महोत्तरी । महोत्तरीमा सबै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जसमध्ये तीनवटा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने एउटामा एमाले विजयी भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका लक्ष्मी महतो विजयी भएका छन् । उनले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराए ।

क्षेत्र नम्बर २ र ३ मा भने लोसपा विजयी भएको छ । क्षेत्र नम्बर २ मा शरदसिंह भण्डारी र ३ मा महन्थ ठाकुर विजयी भएका हुन् । भण्डारीले निकटतम प्रतिस्पर्धी विजयकुमार सिंहलाई पराजित गरेका हुन् ।

ठाकुरले जसपाका हरिनारायण यादवलाई १२ सय ५० मतान्तरले पराजित गरेका छन् ।

क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका महेन्‍द्र कुमार राय विजयी भएका छन् । उनले जसपाका सुरेन्द्रकुमार यादवलार्इ पराजित गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *