कासाको ‘काठमाडौँ फेशन गाला’ सम्पन्न

डिसी नेपाल
११ मंसिर २०७९ १२:२९
220
Shares

काठमाडौँ। कपडाको लोकप्रिय नेपाली बाण्ड ‘कासा’ले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा रेड कार्पेट इभेन्ट ‘काठमाडौँ फ्यासन गाला’ सम्पन्न गरेकाे छ। ‘कासा’ले शनिबार सिद्धार्थ आर्ट ग्यालरीमा कार्यक्रम सम्पन्न गरेकाे हाे।

कार्यक्रममा बिबिसी मास्टर सेफ सन्तोष शाह, मिस नेपाल, नायक, नायिका, गायक, गायिकालगायतका कलाकार, फेसन डिजाइनर, मेकअप चर्चित व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कासाकी सञ्चालिका रमिला नेमकुल भनिन्, ‘यो रेड कार्पेट इन्भेट हामीले नेपालमा पहिलो पटक आयोजना गरेका हौं । फेसन ग्लामर मात्रै होइन्। यो विजनेश पनि हो। फेसन उद्योग विश्वकै दोस्रो ठूलो उद्योग पनि हो। तर नेपालमा यस उद्योगको खासै विकास हुन् नसकेको अवस्थामा हामीले ‘काठमाडौं फ्यासन गाला’ आयोजना गरेका हौं। यस किसिमको कार्यक्रमले फेसन डिजाइनिङ क्षेत्र र यससँग सम्वन्धी अन्य क्षेत्रका सबै व्यक्तिहरुलाई एकआपसमा भेटघाट र चिनजान गर्ने अवसर पनि प्रदान गर्छ।’

रेड कार्पेट इभेन्टमा १४ जना सेलिब्रेटी तथा मिस नेपाल वल्र्ड, डाक्टर, मिस युनिभर्स नेपाललगायतका पर्सनालिटिले ‘वाक’ गरेका थिए। कार्यक्रमको प्रायोजक दराज र बावर्ची हुन्। चार बर्षअघि स्थापना भएको कासा ब्राण्ड विश्वका थुप्रै मुलुकमा निर्यात हुँदै आएको छ । ‘कासा’को मुख्य शाखा पाटनढोकामा रहेको छ भने नयाँ आउटलेट दरबारमार्ग र गैरीधारामा पनि सञ्चालनमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *