सुनसरी-१ मा घण्टीभन्दा जसपाका राई ४ मतले अगाडि

डिसी नेपाल
११ मंसिर २०७९ ११:५५

काठमाडौं। सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा)का अशोककुमार राई अगाडि लागेका छन् ।

जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई ४ मतले पछि पार्दै राई अगाडि लागेका हुन् । गोमाले १३ हजार ७९७ मत पाएकी छन् भने अशोकले १३ हजार ८०१ मत पाएका छन्। उनीहरूबीचको मतान्तर ४ छ।

यसअघि तामाङ निरन्तर अगागि थिइन् । नेकपा माओवादीका उम्मेदवार मुक्‍सामहाङ सुब्‍बाले भने १० हजार ७८४ मत पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *