महापुरूष: चार सातामा कमायो १० करोड
काठमाडौँ। पाचौँ सातामा प्रदर्शन भइरहेको फिल्म ‘महापुरूष’ ले दश करोड बढी कमाएको छ।
निर्माण पक्षले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मले चौथो सातामा दश करोड क्लबमा इन्ट्री पाएको जानकारी दिएका छन्। पाचौँ सातामा समेत पर्याप्त शो र हाउसफुल व्यापार गरिरहेको ’महापुरूष’ले ५१ औँ दिनको यात्रा तय गर्ने निश्चित भएको छ।
फिल्मका निर्माता म्याक्स दीपेश खत्रीका अनुसार फिल्मले पहिलोसाता ४ करोड ५६ लाख ७७ हजार, दोस्रो साता २ करोड ८३ लाख २७ हजार, तेस्रो साता १ करोड ४२ लाख र चौथो साता १ करोड २७ लाख ५ हजारको ग्रस कलेक्सन गरेको हो।
‘हामीले पाएको शो हाउसफुल नै भइरहेका छन्। पाचौँ सातामा पाएको शोले नै फिल्मको सफलता दर्साउछ’, निर्माता खत्रीले भने, ‘फिल्मले नेपालसँगै अमेरिकामा गरेको व्यापार आफैँमा रेकर्ड बन्दै छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment