मोटरसाइकल चोरीमा संलग्न २८ वर्षीय युवक पक्राउ

डिसी नेपाल
१२ मंसिर २०७९ १३:०१
168
Shares

काठमाडौँ। मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

चोरी भएको चार थान मोटरसाइकलसहित प्रहरीले उसलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका-४ घर भई हाल ललितपुर इमाडोल बस्ने २८ वर्षीय भुपेन्द्रबहादुर बुढामगर रहेका छन्।

काठमाडौं महानगरपालिका–९ एयरपोर्टबाट पक्राउमा परेका भुपेन्द्र भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट एक थान मोटरसाइकलसहित पक्राउ परेका हुन्। उपत्यकाको विभिन्न स्थानमा पार्किङ गरी राखिएका मोटरसाइकल चोरी हुने क्रम बढ्दै गइरहेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *