धनुषा ४ मा सात सय ४५ मतले पछि परे रघुवीर महासेठ

डिसी नेपाल
१२ मंसिर २०७९ १७:१४

धनुषा । धनुषा ४ मा जारी मतगणनाअनुसार एमालेका उम्मेदवार रघुवीर महासेठले मतान्तर घटाएका छन् । हाल राय सात सय ४५ मतसहित अघि छन् ।

कांग्रेसका उम्मेदवार महेन्द्र यादवसँग तीव्र प्रतिस्पर्धामा रहेका महासेठ मतान्तर घटाउँदै दोस्रो स्थानमा छन् ।

हालै सार्वजनिक भएको मतगणनाअनुसार कांग्रेसका सह–महामन्त्रीसमेत रहेका यादवले २८ हजार ६ सय ५५ मत प्राप्त गरिरहँदा महासेठ भने २७ हजार नौ सय १० मतसहित पछयाइरहेका छन् ।

अब मिथिला नगरपालिकाको वडा नम्बर  ७, ८, ९, १० र ११ को मतगणना बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *