यी हुन् विश्व इतिहासमा आज भएका प्रमुख घटनाक्रम
आज २९ नोभेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रम
-सन् १९५१ मा थाइलेन्डको सेनाले देशको सत्ता आफ्नो हातमा लिँदै सन् १९३२ को संविधान पुनस्र्थापित गरेको थियो।
-सन् १९२९ मा अमेरिकी अन्वेषक रिचर्ड बर्ड दक्षिण ध्रुव माथि उडान गर्ने पहिलो व्यक्ति बनेका थिए। उडान गर्न १८ घण्टा लागेको थियो। त्यसको तीन वर्षअघि ब्यर्डले उत्तरी ध्रुवमा उडान गरेका थिए । तर, उनले उडान सम्पन्न गरे वा गरेनन् भन्नेमा आशंका छ।
-सन् २००७ मा फिलिपिन्सको सशस्त्र सेनाले सिनेटर एन्टोनियो ट्रिलानेसको नेतृत्वमा भएको विद्रोहको जबाफमा मनिला टापुलाई घेरा हालेको थियो।
-सन् १९६२ मा अल्जेरियामा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो।
-सन् १९३९ मा सोभियत विमानहरूले फिनल्यान्डको हेलसिन्कीमा विस्फोट गराएका थिए।







डिसी नेपाल







Facebook Comment