हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१३ मंसिर २०७९ ९:१४

काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। नेपाली बजारमा एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ३८ पैसा र बिक्रीदर १३० रुपैयाँ ९८ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ १८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८१  पैसा रहेको छ भने अष्ट्रेलियन डलर खरिद ८७ रुपैयाँ ३२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७२ पैसा कायम छ। क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९८  पैसा र बिक्रीदर ९७ रुपैयाँ ४२ पैसा छ।

सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३३ पैसा र जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ४६  पैसा र बिक्रीमा ९ रुपैयाँ ५० पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ।

यसैगरी, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ १२ पैसा र बिक्रीदर १८ रुपैयाँ २० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८६ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ १० पैसा र बिक्रीदर २९ रुपैयाँ २४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *