सुपर मादी हाइड्रोपावरले ३१ लाख ५० हजार कित्ता आइपिओ जारी गर्दै

डिसी नेपाल
१३ मंसिर २०७९ ९:२८

काठमाडौँ। सुपर मादी हाइड्रोपावरले  ३१ लाख ५० हजार कित्ता आइपिओ मंसिर २० गतेदेखि जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले स्थानीयका लागि जारी गर्न लागेको आइपिओमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता छुट्याएको छ। भने,आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुका लागि ७ लाख ३५ हजार कित्ता निष्कासन गर्ने भएको छ।

यस आइपिओमा स्थानीयले पुस ५ गतेसम्म आईपीओमा आवेदन दिन पाउनेछन्। तोकिएको समय भित्र सबै सेयर बिक्री नभएको खण्डमा पुस २० गतेसम्म आवेदन दिन पाउनेछन्। यस आइपिओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

यस आइपिओको बिक्री प्रबन्धकमा काम सानिमा क्यापिटलले गर्नेछ। स्थानीयके यस आइपिओमा एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्।

यसैगरी वैदेशिक रोजगारमा रहेकाहरुले आईपीओमा पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन्। उनीहरुले न्यूनतममा १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीले भने आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *