सुनको मूल्य घट्यो, चाँदी स्थिर

डिसी नेपाल
१३ मंसिर २०७९ १०:४६

काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ४ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ।  सोमबार प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छापावाला चाँदी आज स्थिर रहेर सोहि मल्य कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *