बालकले टिभी हेरेपछि यस्तो सम्म यातना दिए चिनियाँ दम्पत्तिले
बेइजिङ। आमाबाबुले आफ्ना छोराछोरीहरूलाई अनुशासन दिन्छन् र तिनीहरूलाई विभिन्न तरिकाले जीवनका मूल्य मान्यता सिकाउँछन्। यद्यपि, एक चिनियाँ दम्पतीले आफ्नो बच्चालाई पाठ सिकाउन हद पार गरेका छन्। धेरै टेलिभिजन हेरेको भन्दै आठ वर्षीय छोरालाई अभिभावकले दण्डस्वरुप रातभर टेलिभिजन हेर्न बाध्य पारेको साउथ चाइना मर्निङ पोस्टले रिपोर्ट गरेको छ।
आउटलेटका अनुसार बुबा आमा बाहिर जाँदा मध्य चीनको हुनान प्रान्तका आठ वर्षीय बालकलाई घरमै छोडिएको थियो। बाबुआमाले उनलाई गृहकार्य समाप्त गरेर राति साढे ८ बजेसम्म सुत्न भनेका थिए। तर, उनीहरु घर फर्किदासम्म आफ्नो छोराले टिभी हेरिरहेका थिए। बालकले आफ्नो पनि गरेका थिएनन्। बाबुआमा घर आएपछि उनी लुसुक्क सुत्न गएका थिए।
बच्चाको व्यबहारबाट बाक्क परेकी आमाले उसलाई तानेर बैठक कोठामा लगेर टिभी अन गरिन् र रातभरि हेर्न बाध्य गरिन्। बच्चालाई निगरानी गर्न रातभर बाबुआमा पालैपालो रातभर जाग्राम बसे। बालक चाँडै थकित हुन थाले र बस्न तथा हेर्न नसक्ने भए। तर बाबुआमाको जिद्धीको अगाडि केही लागेन। उनलाई टेलिभिजन हेरिरहन कर लगाइयो। उ निदबाट बच्न संघर्ष गर्यो। रुदै आमासँग सुत्न अनुमति माग्यो। जति बिन्ति गरे पनि क्रुर आमाले सुनिनन्।
चीनमा सामाजिक सञ्जाल वेबसाइटहरूमा भाइरल भएको सो घटनाको एक सीसीटीभी फुटेजमा बालकलाई सोफामा सुतिरहेको देख्न सकिन्छ। बालकलाई बुबा आमाले ब्युँझाउन र टेलिभिजन हेरिरहन कर गरेको देख्न सकिन्छ। उनलाई बिहान ५ बजेसम्म सुत्न दिइएको थिएन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment