बेलायतका प्रधानमन्त्री ऋषि सुनकले भने–चीनसँगको सम्बन्धको स्वर्णिम युग बितिसकेको छ

डिसी नेपाल
१३ मंसिर २०७९ १२:२७
148
Shares

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले सांघाईमा विरोध प्रदर्शन कभर गर्ने क्रममा बीबीसी पत्रकारलाई कुटपिट गरेकोमा चीनको आलोचना गर्दै यसलाई बेलायतको मूल्य र हितका लागि “चुनौती” भनेका छन्।

विदेश नीतिमा आफ्नो पहिलो सम्बोधनका क्रममा सुनकले बेलायत र चीनबीचको सम्बन्धको तथाकथित ‘स्वर्णकाल’ बितिसकेको पनि बताए । प्रधानमन्त्री सुनकले बेलायतले ‘चीनप्रति आफ्नो अडान परिवर्तन गर्नुपर्ने’ बताएका छन् ।

लण्डनमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका प्रधानमन्त्री सुनकले भने, ‘चीनले हाम्रा मूल्यमान्यता र चासोलाई चुनौती दिइरहेको छ, यो चुनौती क्रमशः निरंकुशतातर्फ अघि बढिरहेको छ भन्ने हाम्रो विश्वास छ ।’

“हामी आर्थिक स्थायित्व वा वातावरणीय मामिला जस्ता विश्वव्यापी मामिलामा चीनको भूमिकालाई प्रत्यक्ष रूपमा बेवास्ता गर्न सक्दैनौं। संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान र अन्य देशहरूले पनि यो बुझेका छन्। त्यसैले कूटनीति र संवादको माध्यमको साथमा हामी द्रुत रूपमा बढ्दै गएको यो चुनौती सामना गर्न सक्छौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *