आफ्नो झण्डाको अपमानपछि इरानले भन्यो – ‘अमेरिकाले मूल्य चुकाउनु पर्छ’

डिसी नेपाल
१३ मंसिर २०७९ १२:५९
316
Shares

काठमाडौं । इरानले आफ्नो राष्ट्रिय झण्डाको ‘अपमान’ गरेपछि अमेरिकाले ‘मूल्य चुकाउनुपर्ने’ धम्की दिएको छ।

इरानको सरकारी समाचार एजेन्सी इरनाका अनुसार राजनीतिक मामिलाका उपाध्यक्ष मोहम्मद देहकानले अमेरिकी फुटबल महासंघको वेबसाइटमा इरानको राष्ट्रिय झण्डासँग गडबड गरेकोमा अमेरिकाले मूल्य चुकाउनु पर्ने बताए।

वास्तवमा, अमेरिकी फुटबल महासंघले ट्विटर, फेसबुक र इन्स्टाग्राममा केही ग्राफिक्स पोस्ट गर्‍यो, जसमा इरानको झण्डाबाट अल्लाह शब्द हटाइयो। इरानको झण्डामा हरियो र रातो रङको बीचमा सेतो रङमा अल्लाह लेखिएको हुन्छ।

अमेरिकाले आधारभूत अधिकारका लागि लडिरहेका इरानी महिलाको समर्थनमा इरानको आधिकारिक झण्डा प्रयोग नगर्ने निर्णय गरेको बताएको छ ।

देहकानले अमेरिकाको यो कदमलाई ‘अनैतिक’ र अन्तर्राष्ट्रिय नियमविपरीत भनेका छन् ।

उनले भने कि इरानी प्रशासनले यो मामिला उठाउने छ जसले गर्दा अमेरिकाले आफ्नो गैरकानूनी कार्यको मूल्य चुकाउनु पर्छ।

इरानको फुटबल महासंघले पनि यस विषयमा फिफामा गुनासो गरेको छ ।

यसैबीच अमेरिकाले आधारभूत अधिकारका लागि लडिरहेका इरानी महिलाको समर्थनमा इरानको आधिकारिक झण्डा प्रयोग नगर्ने निर्णय गरेको बताएको छ ।

सेप्टेम्बरमा प्रहरी हिरासतमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि इरानमा सरकार विरोधी प्रदर्शन जारी छ। अमिनीलाई इरानको मोरालिटी पुलिसले हिरासतमा लिएको थियो।

तर, इरानी प्रहरीले महसाको हृदयघातका कारण मृत्यु भएको जनाएको छ ।

इरानले यसअघि अमेरिका र अन्य देशहरूले प्रदर्शनलाई उत्तेजित गरेको आरोप लगाउँदै आएको छ। इरानले प्रदर्शनकारीमाथि गरेको कारवाहीपछि अमेरिकाले धेरै इरानी अधिकारीमाथि प्रतिबन्ध पनि लगाएको छ । अमेरिका र इरानबीच सन् १९८० देखि कूटनीतिक सम्बन्ध छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *