मन्दिरमा लागुऔषध खोज्दै छापा मार्दा सबै पुजारी नशामा लठ्ठ भेटिए
काठमाडौं । थाइल्याण्डमा प्रहरी र सरकारको लाखौं प्रयासपछि पनि लागुऔषध कारोबार रोकिन सकेको छैन । यहाँ लागुऔषध तस्करी ठुलो मात्रामा भई जनता माझ खपत भईरहेको छ ।
भर्खरै मध्य थाइल्याण्डको एउटा मन्दिरमा छापा मार्दा त्यहाँका पुजारीहरू लागूपदार्थ सेवन गरेको अवस्थामा फेला परेका थिए । एक स्थानीय अधिकारीले समाचार एजेन्सी ‘एएफपी’ लाई सोमबार छापा मार्ने क्रममा थाइल्याण्डको फेचाबुन प्रान्तमा रहेको बौद्ध मन्दिरका सबै पुजारीलाई मेथाम्फेटामाइन औषधि पोजेटिभ भेटिएको बताए। जसमा मुख्य पुजारी पनि थिए।
फेचाबुन प्रान्तको बुंग साम फान जिल्ला मजिस्ट्रेट बुनलर्ट थिन्तापथाईले मध्य थाइल्याण्डको एक बौद्ध मन्दिरलाई खाली गरिएको बताए किनभने यसका सबै पुजारीहरू (भिक्षुहरू) लागूऔषध परीक्षणमा असफल भएका छन्। सबै पुजारीलाई लागूऔषध सुधार गृहमा पठाइएको अधिकारीले बताए ।
घटनापछि मन्दिर खाली भएपछि गाउँले आक्रोशित भएका छन् । कुनै पनि प्रकारको धार्मिक अनुष्ठान गर्न नपाएको उनीहरू बताउँछन् । यद्यपि, जिल्ला मजिस्ट्रेट बनलर्टले चाँडै नै मन्दिरमा पुजारीको व्यवस्था गर्ने बताए ताकि मानिसहरूले धार्मिक अनुष्ठान गर्न सकून्।
पुजारीहरूबीचको छापामारीमा पुष्टि भएको मेथाम्फेटामाइन नामको औषधि थाइल्याण्डमा ठूलो मात्रामा प्रयोग हुने गरेको छ । संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध कार्यालयका अनुसार थाइल्याण्ड यो औषधि उपभोग गर्ने प्रमुख देश हो ।
यो औषधि म्यानमारबाट लाओस हुँदै थाइल्याण्ड ल्याइएको हो । यो औषधिको एउटा ट्याब्लेटको मूल्य करिब २० भाट (थाइल्याण्डको मुद्रा) अर्थात् ६५ रुपैयाँ पर्छ। पछिल्लो समय सम्पूर्ण दक्षिण एसियाली क्षेत्रमा धेरै पटक यस्ता लागुऔषधको ठूलो परिमाण बरामद भएको छ ।







डिसी नेपाल







Facebook Comment