आफ्नै भाईको गोली हानी हत्या गर्न खोज्ने व्यक्ति बन्दुकसहित पक्राउ
काठमाडौं । ताप्लेजुङमा आफ्नै भाईको गोली हानी हत्या गर्न खोज्ने एक व्यक्ति बन्दुकसहित पक्राउ परेका छन् ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ का शुक्रराज नाल्बो लिम्बुलाई भरुवा बन्दुकबाट गोलि प्रहार गरि हत्या प्रयासको आरोपमा उनका दाई नवीन कुमार नाल्बोलाई पक्राउ गरिएको हो ।
प्रहरी निरीक्षक सञ्जय बुचाको कमाण्डमा खटिएको प्रहरी टोलिले हातहतियारसहित उनलाई पक्राउ गरेको हो ।
उनको घरमा खानतलासी गर्दा एक थान भरुवा बन्दुक, प्लाष्टिकको पोकामा बारुदको कालो धुलो, ‘गन पाउडर’, ६ वटा भरुवा बन्दुकमा लोड गर्न प्रयोग गर्ने गोली (फलामका छर्रा), फलाम काट्न प्रयोग गर्ने औजार, दापसहितको खुकुरी, भरुवा बन्दुकको बट जस्तो देखिने काठको बस्तु र रडको दुई टुक्रा समेत बरामद गरिएको छ ।
उनीमाथि अवैध हातहतियार प्रयोगको कारण फौजदारी मुद्धा अन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्धा चलाउने प्रहरीले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment