सयौं भेडाले १२ दिनसम्म यस्तो किन गरे ? के हो यसको रहस्य ?
काठमाडौं । संसारमा कयौं पटक यस्ता अनौठा घटनाहरु आउँछन् जसले मानिसलाई सोच्न बाध्य बनाउछ । भर्खरै चीनबाट यस्तै एउटा घटना बाहिर आएको छ, जहाँ विगत १२ दिनदेखि सयौं भेडा रहस्यमय ढंगले एउटै घेरामा घुमिरहेका छन् ।
यति धेरै भेडा किन एकै ठाउँमा घुमिरहेका छन् भन्ने यो घटना अझै रहस्यमै छ । यसबारे मानिसहरूले विभिन्न कुराहरू गरिरहेका छन्।
चिनियाँ मिडियाका अनुसार यो मामिला उत्तरी चीनको इनर मंगोलिया क्षेत्रसँग सम्बन्धित छ। यहाँ पछिल्लो १२ दिनदेखि सयौं भेडाको बथान घेरामा घुमिरहेको छ । उनीहरू घेरा घुमिरहेका देखिन्छन् ।
भेडाहरु स्वस्थ रहेको बताइएको छ । तर उनीहरूको अनौठो व्यवहारको कारण अझै पनि रहस्यमै छ। यो घटनाको भिडियो सामाजिक सञ्जालमा हेडलाइन बनेको छ ।
The great sheep mystery! Hundreds of sheep walk in a circle for over 10 days in N China’s Inner Mongolia. The sheep are healthy and the reason for the weird behavior is still a mystery. pic.twitter.com/8Jg7yOPmGK
— People’s Daily, China (@PDChina) November 16, 2022
भिडियोमा देख्न सकिन्छ कि कसरी केही भेडाहरू घेरा भित्र उभिरहेका छन्, जबकि बाँकीहरू तिनीहरूको वरिपरि घुमिरहेका छन्। भेडाको अनौठो व्यवहारको भिडियो मिडिया पिपल्स डेलीले ट्वीटरमा शेयर गरेको छ ।
यस विषयमा भेडाका मालिक मियाओले यो केही भेडाबाट सुरु भएको बताए । तर पछि बथानले त्यसै गर्न थाल्यो। मियाओका ३४ वटा घेरा छन्, जसमा सयौं भेडाहरू बस्छन्, तर १३ औं घेराका भेडाहरूले मात्रै अनौठो व्यवहार गरिरहेका छन्।
यद्यपि, केही रिपोर्टहरूले लिस्टेरियोसिस (सर्किलिंग डिजिज) नामक ब्याक्टेरिया रोगले जनावरहरूलाई यस्तो व्यवहार गर्ने गरेको बताएको छ। यो रोग सामान्यतया खराब खाना संग सम्बन्धित छ र जनावरहरूको मस्तिष्कलाई असर गर्छ।







डिसी नेपाल







Facebook Comment