वरिष्ठ नायव निरीक्षक कोइराला बने बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी

डिसी नेपाल
१३ मंसिर २०७९ १९:०१
392
Shares

काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश कोइरालालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाले आम निर्वाचन २०७९ मा उत्कृष्ट कार्यसम्पादन गरेकाले कोइरालालाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

प्रदेश कार्यालय हेटौंडाद्धारा  मंगलबार आयोजित कार्यक्रममा प्रदेश प्रहरी प्रमुख (डिआइजी) किरण बजा्रचार्यले कोइरालालाई सम्मान पत्रसहित कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेका हुन् ।

निर्वाचनमा सम्भावित सुरक्षा चुनौतीको सुक्ष्म अध्ययन गरी कुशलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले प्रदेश कार्यालय हेटौंडामा कार्यरत कोइराललालाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

वरिष्ठ नायव निरीक्षक कोइरालालाई महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७९ बमोजिम सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *