सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

डिसी नेपाल
१३ मंसिर २०७९ १९:१४

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चोधरी निर्वाचित भएकी छन् ।

४० हजार सात सय ८८ मत प्राप्त गर्दै चौधरी निर्वाचित भएकी हुन् । उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरिन् । गच्छदारले ३५ हजार छ सय मत प्राप्त गरे ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत प्राप्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *