१२ ठेकेदार कम्पनी कालोसूचीमा

डिसी नेपाल
१४ मंसिर २०७९ ९:१८

काठमाडौँ। सरकारले ७ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ।  सार्वजनिक खरिद अनुगमन कार्यालयको सोमबार बसेको बैठकमा मङ्सिर १४ गतेदेखि लागु हुनेगरी १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको हो।

कालो सूचीमा पर्ने कम्पनीहरूमा भारत सप्तकोशी जे.भि, हाइवे कन्स्ट्रक्सन प्रा.लि., विधि बिलर प्रा.लि, साईबाबा एन्ड तारा कन्स्ट्रक्सन, अनुकुल निर्माण सेवा,हैग्रीव सिद्धि साई प्रकाश जे/वी, पाँचखाल कन्स्ट्रक्सन प्रा.लि, प्रभु निर्माण सेवा, सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि, एस. एस. के निर्माण सेवा प्रा. लि., सुमदिवी कन्स्ट्रक्सन र निलगिरी/नेसनल / क्यानोन जे. भी. रहेका छन्।

सम्झौता अनुसार निर्माण सम्पन्न नगरेकाका कारण सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

निर्माण कम्पनीहरुलाई १ वर्षको लागि कालो सूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ। उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने अनुगमन कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *