मेगा बैंकको लाभांश संशोधन

डिसी नेपाल
१४ मंसिर २०७९ ११:३५

काठमाडौँ। मेगा बैंक नेपालको लाभांश संशोधन भएको छ। नेपाल राष्ट्र बैंकले बैंकको प्रस्तावित लाभांशमा संशोधन गरेको हो।

अव बैंकले आफ्नो सेयरधनीलाई लाभांश संशोधन गरेर ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश गरि कुल ७.७९ प्रतिशत लाभांश दिने भएको छ। गत कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट आफ्नो सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।

राष्ट्र बैंकले भने बोनस सेयरमा हेरफेर नगरे पनि नगद लाभांशमा संशोधन गरी लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको छ। अब साधारणसभबाट पारित भएपछि सेयरधनीहरुले यो लाभांश पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *