सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
१४ मंसिर २०७९ ११:४७

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ। सुनको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। मंगलबार सुनको मूल्य प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *