सुनसरी- ४ (२) मा कांग्रेसका मन्सुरी विजयी

डिसी नेपाल
१४ मंसिर २०७९ २२:४१

इनरुवा । सुनसरी क्षेत्र नं ४(२) मा लोकतान्त्रिक– वामगठबन्धनका उम्मेदवार हाजी इसराइल मन्सुरी विजयी भएका छन् । आज साँझ सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मन्सुरी दुई हजार एक सय १५ मतान्तरले विजयी भएका हुन् । उनले नेकपा (एमाले)का हाजी अब्बास अन्सारीलाई पराजित गरेको मुख्य निर्वाचन अधिकृत तथा सुनसरी क्षेत्र नं ४ का निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।

मन्सुरीले १४ हजार तीन सय मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेका अब्बास अन्सारीले १२ हजार एक सय ८५ प्राप्त गरे । विजयी भएका मन्सुरी मुस्लिम सङ्घ प्रदेश–१ का सभापति तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ४ का सदस्य हुन् । प्रदेशसभामा ३९ हजार सात सय २४ खसेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *