अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१५ मंसिर २०७९ ९:१७

काठमाडौँ। बिहिबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३० रुपैयाँ ५८ पैसा तोकिएको छ। बुधबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ४६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०६ पैसा रहेको थियो।

युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा रहेको छ भने अष्ट्रेलियन डलर खरिद ८७ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८३ पैसा कायम छ। क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ०५ र बिक्रीदर ९६ रुपैयाँ ५० पैसा छ।

सिङ्गापुरे डलरको खरिददर ९५ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५० पैसा र जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ३७  पैसा र बिक्रीमा ९ रुपैयाँ ४१ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ।

यसैगरी, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५७ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ७३ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७४ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ २३ पैसा र बिक्रीदर २९ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *