बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन बढेसँगै घट्यो सीडी रेसियो

डिसी नेपाल
१५ मंसिर २०७९ ९:३३

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एकै दिन ८ अर्बले बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार १३ मङ्सिरसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ। १२ मंसिरसम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५१ खर्ब ८५ अर्ब रुपैयाँ रहेको थियो।

यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ९ अर्बले बढेर ४५ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। १२ मङ्सिरसम्म वाणिज्य बैंकहरूको निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ रहेको थियो। बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह भने स्थिर रहेर ४७ खर्ब ६१ अर्ब रहेको छ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन बढेसंगै सीडी रेसियो घटेको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ०.१३ प्रतिशतबाट घटेर ८६. ७५ प्रतिशतमा झरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *